२०८१ असार ३, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआयल निगमले घटायो डिजल र मट्टितेलको मूल्य

आयल निगमले घटायो डिजल र मट्टितेलको मूल्य


काठमाडौं। नेपाल आयल निगमले डिजल र मट्टितेलको मूल्य एक रुपैयाँ घटाएको छ । अब उपभोक्ताले डिजल र मट्टितेल प्रतिलिटर ९० रुपैयाँमा किन्न पाउनेछन् ।

निगमले अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखेको छ । निगमले आइ ओ सी ले पठाएको नयाँ मूल्य सूची अनुसार यहाँ समायोजन गरेको हो।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले भारतीय मूल्य आएपछि यहाँ घटाइएको जानकारी गराए । उनका अनुसार मूल्य समायोजनपछि पनि रक्सौल भन्दा वीरगंजमा डिजलको मूल्य लिटरमा ३६ रुपैयाँ सस्तो रहेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ