२०८२ वैशाख २७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रिमियर लिगः लिभरपुलको सहज जित

प्रिमियर लिगः लिभरपुलको सहज जित


काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले बर्नमाउथविरुद्ध ९–० को जित निकालेको छ  ।

लिभरपुलको जितमा रोबर्टाे फिर्मिनो र लुइस डियाजले समान दुई गोल गरे । यस्तै, हार्भे इलियोट, टे«न्ट एलेक्सजाण्डर अर्नाेल्ड , भर्गिल भान डाइक र फाबियो कार्भाल्होले समान एक एक गोल गरे । बर्नमाउथका क्रिस मेपहमले आत्माघाति गोल गरे । पहिलो हाफमा पाँच गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप चार गोल गरेको थियो ।

जितसँगै लिभरपुल चार खेलबाट ५ अंक जोड्दै आठौं स्थानमा छ । बर्नेमाउथ ४ खेलबाट तीन अंक सहित १६औं स्थानमा छ ।   यस्तै अन्य खेलमा  म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र चेल्सीले संघर्षपूर्ण जित निकाले।

ब्रुनो फर्नान्डेजले दोस्रो हाफमा गरेका निर्णायक गोलमा म्यानचेष्टर युनाइटेडले शनिबार चाडो गरि भएको खेलमा भ्रमणकारी टोली साउथह्याम्पटनलाई १–० ले पराजित गर्याे ।  अर्काे रोमाञ्चक खेलमा एर्लिङ हाल्यान्डको ह्याट्रिक मद्दतमा म्यानचेष्टर सिटीले क्रिस्टल प्यालेसविरुद्ध पुनरागमन ४–२ को जित निकाल्यो ।

यता, चेल्सीले लेस्टर सिटीलाई २–१ ले हरायो । १० खेलाडीमा सिमित चेल्सीको जितमा रहिम स्टर्लिङले दुई गोल गरे । लेस्टरका हार्भे बार्नेसले एक गोल फर्काए ।  यस्तै, अन्य खेलमा बेन्टफोर्ड र एभर्टनले १–१ गोलको बराबरी खेले भने ब्राइटनले भने लिड्स युनाइटेडलाई १–० ले पराजित गर्याे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ