२०८१ असोज १८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशलुम्बिनी प्रदेशचोरीपैठारी गरी ल्याएको दुई लाख बराबरको सामान नियन्त्रण

चोरीपैठारी गरी ल्याएको दुई लाख बराबरको सामान नियन्त्रण


बाँके प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको अवस्थामा करिब दुई लाख बराबरको लत्ता कपडा, सुर्ती, सुपारीलगायत सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार नेपालगञ्ज–१० बाट भारतबाट भन्सार छली चोरीपैठारी गरी ल्याएको लत्ताकपडा, सुर्ती, सुपारीलगायत सामान बरामद गरी आवश्यक कारवाहीको लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएको हाे ।

प्रहरीको टोलीले लागुऔषध मुद्दामा फरार रहेका बाँके खजुरा–३ का २३ वर्षीय शिशिर श्रेष्ठलाई नियन्त्रणमा लिएर जिल्ला अदालत बाँकेमा पठाएको छ । श्रेष्ठमाथि लागु औषध मुद्दामा बाँके जिल्ला अदालतले २३ मंसिर २०७५ को फैसलाले चार वर्ष १० महिना १४ दिन कैद र पाँच हजार जरिवाना तोकिएको थियो ।

अदालतको फैसला आएलगत्तै फरार रहेका श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धनौली बाँकेबाट खटिएको प्रहरी टोलीले आइतबार नियन्त्रणमा लिएर जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ