गृहपृष्ठ ∕ प्रदेश ∕ गण्डकी प्रदेश ∕ दसैं मनाउन घर आउँदा अनिवार्य १४ दिन क्वारेन्टिन दसैं मनाउन घर आउँदा अनिवार्य १४ दिन क्वारेन्टिन Karobarpati मंगलबार, २०७७ असोज २० गते, ०७:१७ मा प्रकाशित तनहुँ । तनहुँ जिल्ला संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले दसैंमा घर आउने व्यक्तिले १४ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नपर्ने कोभिड-१९को जोखिमलाई ध्यानमा राखेर यस्तो निणर्य गरेको हो । नेपालीहरुको महान दसैंमा देश तथा विदेशबाट सर्वसाधारण आफनो जिल्ला फर्किने हुँदा कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले त्यस्ता व्यक्तिको वडास्तरसम्मै तथ्याङ्क राख्ने र अनिवार्य क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने निणर्य भएको छ । त्यसका लागि स्थानीयस्तरमा गठन भएका अनुगमन समितिलाई थप सक्रिय र प्रभावकारी बनाउने निणर्य भएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए । बैठकले प्रत्येक स्थानीय तहमा एम्बुलेन्सको आवश्यकता महसुस गर्दै त्यसको व्यवस्थापन गर्न स्थानीय तहलाई अनुरोध गरेको छ भने ब्यास नगरपालिका-५ कालीभञ्जन गण (ई) मा राखिएको जनज्योति ग्राम सेवाको एम्बुलेन्स सम्बन्धित संस्थालाई फिर्ता गर्ने निणर्य गरेको छ । आइसोलेसनमा रहेका सङ्क्रमितहरुको नेपाल सरकारको नीति वा अन्य कुनै कारणले भाइरस नेगेटिभ नआउँदै बहिर्गमन गर्दा घरपरिवारका सदस्यको रोहवरमा स्थानीय जनप्रतिनिधिको जिम्मा लगाएर मात्र बहिर्गमन गराउने निणर्य भएको छ । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार “ नेशनल लाईफको बीमा सचेतना साईकल र्याली भव्यताका साथ सम्पन्न” कर्णाली प्रदेश बाहेक ६ प्रदेशले घटाए बजेटको आकार बिमान दुर्घटनाका ६८ शव पोखरा स्वास्थ्य प्रतिष्ठानमा पोखराको सेती खोचमा यतिको एटीआर विमान दुर्घटनाग्रस्त मर्स्याङ्दी करिडोरको प्रभाव मूल्यांकन मस्यौदा प्रतिवेदन सार्वजनिक गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य जर्मनीको युरोकपमा विजयी शुरुवात गण्डकीका एमाले सांसदलाई स्पष्टीकरण सोधियो दक्षिण अफ्रिकाविरुद्ध जित्ने मनसायले मैदानमा जान्छौं- कप्तान रोहित ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य जर्मनीको युरोकपमा विजयी शुरुवात गण्डकीका एमाले सांसदलाई स्पष्टीकरण सोधियो दक्षिण अफ्रिकाविरुद्ध जित्ने मनसायले मैदानमा जान्छौं- कप्तान रोहित