२०८१ असार ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशगण्डकी प्रदेश“ नेशनल लाईफको बीमा सचेतना साईकल र्‍याली भव्यताका साथ सम्पन्न”

“ नेशनल लाईफको बीमा सचेतना साईकल र्‍याली भव्यताका साथ सम्पन्न”


काठमाडाैं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले पोखरामा बीमा सचेतना प्रवद्र्धन प्रयोजनका लागि साईकल र्‍यालीको आयोजना गरेको छ ।

बीमा सचेतनाका लागि आयोजना गरिएको साईकल र्‍यालीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्यू सहित नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश का प्रदेश प्रमुख केशव प्रसाद दाहल, प्राधिकरणका अन्य कर्मचारी लगायत कम्पनीका विभागिय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीहरु गरी करिब १ सय जनाले सहभागिता जनाएका थिए ।

पोखराको बाराहीघाट बाट शुरु भएको र्‍यालीले हल्लन चोक, जीरो किलोमिटर, सभागृहचोक, चिप्लेढुंगा, बिरौटा, राष्ट्रबैंक चोक हुँदै करिब १० कि.मि.को यात्रा पुरा गर्दै पुनः बाराहीघाटमा र्‍यालीको समापन गरिएको थियो ।

उक्त साईकल र्‍यालीबाट बीमा सचेतना प्रवद्र्धन हुनेछ भन्ने कम्पनीले आपेक्षा लिएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश, बीमा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ