२०८१ असोज २०, आईतबार
Health Aawaj logo
गृहपृष्ठपालिकामहानगरपालिकाअब लामो दूरीमा चल्ने सवारी साधन चढ्न नयाँ बसपार्क जानु पर्ने

अब लामो दूरीमा चल्ने सवारी साधन चढ्न नयाँ बसपार्क जानु पर्ने


काठमाडौँ । लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न पाइने भएको छ ।

काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको सरोकावालाको बैठकले ‘एक बसपार्क नीति कार्यान्वयन’ प्रस्तावमाथि छलफल गर्दै यस्तो निर्णय  गरेको हो ।
यो निर्णय सँगै अब काठमाडौँ भित्रिने र काठमाडौँबाट वाहिरिने लामो दूरीमा चल्ने यात्रु बसले नयाँ बसपार्क बाहेक अन्यत्र ठाउँबाट यात्रु चढाउन र ओराल्न पाउने छैन्न ।

गोंगबुस्थित नयाँ बसपार्कको ७५० वटा सवारी साधन पार्किङ गर्ने सक्ने क्षमता रहेको छ । काठमाडौँमा दैनिक जसो करिब ७ सय संख्यामा सवारी साधन प्रवेश गर्छन् भने यही संख्यामै सवारी साधन बाहिरिन्छन् ।

बस पार्कमा लगाइने शुल्क अध्ययन गर्न महानगरका ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरिएको छ ।

त्यस्तै बैठकले महानगरभित्रका अवैध टिकट काउन्टर हटाउने निणर्य गरेको छ । अहिले गौशाला, चावहिल, सुन्धारालगायत विभिन्न ठाउँमा लामो दूरीमा चल्ने सवारी साधनका टिकट काउन्टर छन् ।

बैठकमा जिल्ला प्रहरी परिसर काठमाडौँ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, अरनिको यातायात, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलगायत साझेदार कार्यालय तथा संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : महानगरपालिका



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ