२०८१ माघ १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठविविधविश्व इतिहासमा आजः लिस्वियन सन्धी कार्यान्वयनदेखि तेहरान सम्मेलन सम्पन्न

विश्व इतिहासमा आजः लिस्वियन सन्धी कार्यान्वयनदेखि तेहरान सम्मेलन सम्पन्न


लेस्वियन सन्धी कार्यान्वयनमा

सन् २००९ मा लेस्वियन सन्धी कार्यान्वयनमा आएको थियो । युरोपेली मुलुकहरुको संविधानको आधारसमेत मानिने यो सन्धीलाई सन् २००७ मा १३ देशहरुले हस्ताक्षर गरेका थिए । लेस्वियन सन्धीले म्यास्ट्रिच र रोम सन्धीलाई संशोधन गरेको हो ।

फ्रान्सबाट मध्य अफ्रिकी गणतन्त्र घोषणा

सन् १९५८ मा फ्रान्सको उपनिवेश उवांगी शारीले स्वायत्त भएको घोषणा गरेको थियो । त्यसको दुई वर्षपछि उसले स्वतन्त्र भएको घोषणा गरेको थियो । फ्रान्सबाट स्वतन्त्र भएपछि यसको नाम मध्य अफ्रिकी रिपब्लिक घोषणा गरिएको थियो ।

तेहरान सम्मेलन सम्पन्न

सन् १९४३ मा अमेरिका, बेलायत र सोभियत युनियनबीचको तेहरान सम्मेलन सम्पन्न भएको थियो । फ्रान्समा जर्मनीविरुद्ध दोस्रो मोर्चा र जापानविरुद्ध सोभियत युनियनको युद्ध घोषणासँगै तेहरान सम्मेलन सम्पन्न भएको थियो ।

हाउस अफ कमनमा पहिलो महिला सांसद

नेन्सी एस्टर बेलायतको संसदको तल्लो सदन हाउस अफ कमनमा निर्वाचित हुने हुने पहिलो महिला हुन् । उनी सन् १९१९ को १ डिसेम्बरमा तल्लो सदनमा निर्वाचित भएकी थिइन् ।

 आइसल्यान्ड स्थापना

सन् १९१८ मा आइसल्यान्ड अधिराज्य स्थापना गरिएको थियो । डेनमार्कसँगको एउटा कानुनमा हस्ताक्षरपछि आइसल्यान्ड स्थापना गरिएको थियो । कानुनले आइसल्यान्डलाई  सार्वभौम देशको मान्यता दिएको थियो । सन् १९४४ मा आइसल्यान्ड गणतन्त्र स्थपना नहुन्जेल आइसल्यान्ड अधिराज्य अस्थित्वमा थियो ।


क्याटेगोरी : विविध



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ