गृहपृष्ठ ∕ विविध ∕ ५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान ५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान Karobarpati आईतबार, २०८१ असार २ गते, १७:१४ मा प्रकाशित काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५१ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक प्रशासन तालिम २४औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले तालिमका दौरानमा हासिल गरेका ज्ञान सीपलाई कार्यक्षेत्रमा ईमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्ने बताए । जनतालाई सुरक्षित र सहज ट्राफिक व्यवस्थापनको महशुस गराउनुका साथै सडकमा खटिँदा सहनशील र धैर्यवान भई आफ्नो स्वास्थ्यसमेतलाई ध्यानमा राखी प्राप्त जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक दलराम टमाटाले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत वैशाख २३ गतेदेखि संचालित ३५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक २१ जना र प्रहरी सहायक निरीक्षक ३० जना गरी कुल ५१ जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिए । क्याटेगोरी : विविध तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार काठमाडौँमा एक दिने चिनियाँ उच्च शैक्षिक प्रदर्शनी हुँदै जेठ ३१ गते विहिवारको वैदिक राशिफल थानकोट–चित्लाङ सडकखण्ड असार २० गतेसम्म बन्द हुने प्रभासको निर्देशकसँग मतभेदपछि सलारको दोस्रो भाग अनिश्चित ! गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ? फ्रान्सले तिराउन लगायाे गुगललाइ २५० मिलियन युरो जरिवाना धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ गिरीबन्धु बारे ओलीलाई बालेनको अर्को कटाक्ष ट्रेण्डिङ २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन सेयर बजारमा ३८.८१ अंकले ओरालो निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो एभरेष्ट बैंकले बोलायो २९ औ वार्षिक साधारण सभा रोमाञ्चक खेलमा सिटीलाई हराउँदै लिभरपुल फाइनलमा तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन सेयर बजारमा ३८.८१ अंकले ओरालो निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो एभरेष्ट बैंकले बोलायो २९ औ वार्षिक साधारण सभा रोमाञ्चक खेलमा सिटीलाई हराउँदै लिभरपुल फाइनलमा तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह