२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठविविधएनआरएनए अस्ट्रेलियाको अध्यक्षमा पोखरेल विजयी

एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा पोखरेल विजयी


काठमाडौँ । एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा अनिल पोखरेल विजयी भएका छन् ।

शनिबार सम्पन्न निर्वाचनमा चितवनका पोखरेलले दुई प्रत्यासी डिला खरेल र देव बहादुर गुरुङलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् ।

निर्वाचनमा मतदात गरेर आफुलाई विजय बनाउने मतदाता तथा स्वच्छ निर्वाचन गराउन सफल निर्वाचन कमिटिलाई घन्यवाद दिएका छन्। पोखरेलले लोकतान्त्रिक प्रकृयाको निर्वाचनमा पहिलो र दोश्रो हुने भएकाले यस अभियानमा जित हार नहुने बिश्वाश व्यक्त गरे ।

पोखरेलले समाजको लागी केहि गर्छु भनेर हिड्ने व्यक्तिको कहिले हार नहुने र त्यसैले हाम्रो कार्यकालमा निर्वाचनमा सहभागी हुनु भएका सबै साथीहरुको उर्जालाई एकिकृति गर्दै समाज रुपान्तरणमा लाग्ने प्रतिबद्ता समेत ब्यक्त गरे । उनले मतदाताको मत मात्र नभएर आगामी कार्यकाल सफल गराउनको निम्ति सबैको खबरदारी, सकारात्मक आलोचना र सुझाबको समेत अपेक्षा राखेका छन् ।

निर्वाचनलाई सहज रुपमा लिदै सबै जना एकजुट भएर अगाडी बढ्नलाई आग्रह समेत गरे । एक दशकदेखि एनाअरएनएमा आबद्ध भएका पोख्रेलले सामाजिक एकता र भाईचारा नै समुदायको गहना भएकाले यसलाई कायम गर्न जोड दिए ।

नवनिर्वाचित अध्यक्ष पोखरेल पेशाले सर्टिफाइड प्राक्टिसिङ एकाउन्ट सीपीए हुन् । पोख्रेलले पछिल्लो दुई कार्यकाल कोषाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । एनआरएन अस्ट्रेलियाको पारदर्शिताका लागि उनकै कार्यकालदेखि त्रैमासिक लेखा विवरण सार्वजनिक हुन थालेको थियो ।

एनआरएनलाई संस्थागत, प्रविधिमैत्री, आर्थिक पारदर्शिता, कुशल संस्थागत प्रक्रिया, श्रोतको पहुँच, विभिन्न तहका सरकारसँग सम्बन्ध विस्तार लगायतका कुराहरूमा उनले विशेष जोड दिँदै आएका छन् ।


क्याटेगोरी : विविध



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ