२०८१ असोज २०, आईतबार
Health Aawaj logo
गृहपृष्ठविविधबेञ्चमार्क हेयर एण्ड ब्यूटी स्टुडियो संञ्चालनमा, आधुनिक सेवा प्रदान गर्दै

बेञ्चमार्क हेयर एण्ड ब्यूटी स्टुडियो संञ्चालनमा, आधुनिक सेवा प्रदान गर्दै


“वेअकप एण्ड मेअकप” नाराको साथ काठमाडौंको नयाँ बानेश्वरमा बेञ्चमार्क हेयर एण्ड ब्यूटी स्टुडियो सञ्चालनमा आएको छ ।

विद्या श्रेष्ठ र लिना सुबेदीको संयुक्त लगानीमा नयाँ बानेश्वर स्थीत एनबी कम्पलेक्समा बेञ्चमार्क हेयर एण्ड ब्यूटी स्टुडियो सञ्चालनमा आएको हो ।

उक्त मेअकप स्टुडियोको उदघाटन बरिष्ठ ब्यूटीसियन तथा उद्योग बाणिज्य महाँसघको केन्द्रीय सदस्य कमला श्रेष्ठले गर्नु भएको थियो । एक हप्ता उदघाटन समहारो आयोजना गरेको स्टुडियोले हिजो बिहिवार अन्तिम दिन प्रमुख अतिथि सिटिइभिटी प्रतिनिधि खेमराज पोखरेलले अनुगमन गर्नु भएको थियो ।

समहारोका अतिथि पोखरलले महिला संशक्तिकरणको एक ठोस उदारहण बेञ्चमार्क हेयर एण्ड ब्यूटी स्टुडियो रहेको संज्ञा दिनु भयो । व्यवसाहिक रुपमा सफलताको कामना गर्दै आगमी दिनमा सिटिइभिटीले आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्वता व्यक्त गर्नु भयो ।

उदघाटन समहारोका अन्तिम दिन कलाकार सुबेक्षा थापा र बबिता लिम्बुको उपस्थिती रहेको थियो । साथै समहारोमा विभिन्न क्षेत्रका प्रतिष्ठित अगुवाहरु, पत्रकार, बुद्दिजिवि, रंगकर्मी तथा संघ संस्थाका अधिकारीको बाक्लो उपस्थिती रहेको थियो ।

महिला घरको काम चुलो चौकामा माग सिमित नभएर माथि उठेर आएकोमा विभिन्न क्षेत्रका अगुवाहरुको भनाई थियो ।

संञ्चालक विद्या श्रेष्ठ र लिना सुवेदीको १० बर्षको लामो अनुभव तथा यस क्षेत्रको अत्याधिक मागका कारण बच्पन देखि पच्पन उमेर सम्मका साथै मध्यवर्ग देखि उच्च वर्ग सम्मका ग्राहकलाई लक्षित गरी हामीले ब्यूटी स्टुडियो संञ्चालनमा ल्गाएको छौ बताउनु भयो ।

उक्त स्टुडियोबाट महिला तथा पुरुष कपाल तथा सौन्दर्य सम्बन्धी सम्पूर्ण सेवा लिन सक्नेछन । अनुभवी तथा तालिम प्राप्त ब्यूटिसियनदारा कपाल काटने, हेयर स्टाइलिग गर्ने, फेसियल, बडीवाक्स, मेनीकियर, पेडीकेयर, आइल्यास, नेल एकस्टेन्स लगायत मेअकपको सेवा प्रदान गर्नेछ । साथै सिमित अवधिको लागि सम्पूर्ण सेवामा २५ प्रतिशत छुटको व्यवस्था मिलाईको छ ।


क्याटेगोरी : विविध



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ