गृहपृष्ठ ∕ विविध ∕ थाहा पाउनुहोस् आजको मौसम थाहा पाउनुहोस् आजको मौसम Karobarpati बिहीबार, २०७९ पुस २८ गते, ०६:१३ मा प्रकाशित काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईमा हुस्सु लागेको अवस्था छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकीको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको आकलन गरिएको छ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको प्रक्षेपण छ । शुक्रबार सुदूरपश्चिम, कर्णाली र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको आकलन गरिएको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । क्याटेगोरी : विविध तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार काठमाडौँमा एक दिने चिनियाँ उच्च शैक्षिक प्रदर्शनी हुँदै ५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान जेठ ३१ गते विहिवारको वैदिक राशिफल थानकोट–चित्लाङ सडकखण्ड असार २० गतेसम्म बन्द हुने प्रभासको निर्देशकसँग मतभेदपछि सलारको दोस्रो भाग अनिश्चित ! गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ? धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ५ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ६ विद्युत् खपत तीन गुणाले बढ्यो ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह सेयर बजारमा ३८.८१ अंकले ओरालो निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह सेयर बजारमा ३८.८१ अंकले ओरालो निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार