२०८१ मंसीर २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्राष्ट्रियश्रीलंकाकाे अर्थतन्त्र  ध्वस्त, संकट समाधानका लागि आईएमएफमा निर्भर

श्रीलंकाकाे अर्थतन्त्र  ध्वस्त, संकट समाधानका लागि आईएमएफमा निर्भर


श्रीलंकाको अर्थतन्त्र पूण रूपमा ध्वस्त भएको छ ।

बुधबार संसदमा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले महिनौंदेखि खाद्यान्न, इन्धन र बिजुलीको अभावमा ऋण बोकेको अर्थतन्त्र  ध्वस्त भएको र दक्षिण एसियाली टापु राष्ट्रले आयातित तेल पनि किन्न नसक्ने बताएका छन्।

उनले देशमा देखा परेको-आर्थिक संकटको समाधान गर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको नयाँ सम्झौता नै श्रीलंकाका लागि एउटै बाटो भएको बताए ।

विक्रमासिङ्घेले इन्धन, ग्यास, बिजुली र खाद्यान्नको चरम अभावभन्दा पनि गम्भीर अवस्थाको श्रीलंकाकाले सामना गरिरहेको बताए ।

श्रीलंकाका अधिकारीहरूले आर्थिक संकट हल गर्ने नँया कोष आवश्यक रहेको बताएका छन र नँया कोष स्थापनाको लागि विभिन्न दातासँग वार्ता गरेका छन । श्रीलंकालाई आगामी महिनाहरूमा कोष बढाउन, आयातको भुक्तानी तिर्न र आफ्नो मुद्रा स्थिर गर्न ६ बिलियन चाहिएको छ।

विक्रमासिङ्घेले श्रीलंकाले भोगिरहेको आर्थिक संकट समाधान गर्ने आईएमएफसँग प्रारम्भिक छलफल सकिएको र सार्वजनिक वित्त, ऋण स्थिरता, बैंकिङ क्षेत्र र सामाजिक सुरक्षाका विषयमा आईएमएफसँग छलफल भएको बताए । उनले जुलाईको अन्त्यसम्ममा आईएमएफसँग आधिकारिक तहको सम्झौता हुने आशा राखेको बताए ।

श्रीलंकाका अधिकारीहरूले यस संकटबाट राहत पाउनका लागि भारत, जापान र चीनलगायत मित्र राष्ट्रहरूसँग ऋण सहायता सम्मेलन गर्ने योजना पनि राखेका छन्।
श्रीलंकाको इतिहासमा सबैभन्दा खराब आर्थिक संकटलाई रोक्न असफल भएको छ। खाद्यान्न, इन्धन र अत्यावश्यक वस्तुहरूको निरन्तर अभावले आन्दोलनलाई तीव्र पार्ने र राजनीतिक स्थायित्वलाई थप बाधा पुर्‍याउन सक्छ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थतन्त्र



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ