२०८१ असोज १५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठउर्जामेन्छियाम हाइड्र्रोपावरको सेयर आइतबारबाट धितोपत्र दोस्रो बजारमा आउने

मेन्छियाम हाइड्र्रोपावरको सेयर आइतबारबाट धितोपत्र दोस्रो बजारमा आउने


काठमाडौं । मेन्छियाम हाइड्र्रोपावर कम्पनीको सेयर आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।

मेन्छियाम हाइड्र्रोपावरको आईपीओ बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गरेको छ ।

नेप्सेमा मेन्छियाम हाइड्र्रोपावरको कुल ५४ लाख २५ हजार ८३३ कित्ता सेयर सूचीकृत भएको छ । जसमा संस्थापक समूहको ३७ लाख ९८ हजार ०२३ कित्ता, सर्वसाधारणको (वैदेशिक रोजगारी रहेका नेपाली, स्थानीय वासिन्दा,कर्मचारी र सामुसहिक लगानी कोष समेत) १६ लाख २७ हजार ७५० कित्ता रहेको छ ।

नेप्सेले यो कम्पनीलाई एमसीएचएल कारोबार संकेत प्रदान गरेको छ ।

पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ७७ रुपैयाँ र अधिकतममा २३२.३५ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ ।

यदि आइतबार स्पेसल प्रि-ओपन सेसनमा मेन्छियाम हाइड्र्रोपावरकोे सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछ ।


क्याटेगोरी : उर्जा, पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ