२०८१ माघ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारलगातार दुई दिन गिरावट आएको नेप्से साताको अन्तिम दिन सामान्य सुधार

लगातार दुई दिन गिरावट आएको नेप्से साताको अन्तिम दिन सामान्य सुधार


 

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन हिजो बिहीबार बढेको छ।

मंगलबार र बुधबार लगातार दुई दिन घटेको सेयर बजार बिहीबार गिरावट रोकिँदै १.२९ अंकले सम्हालिएको हो। एक अंकको सुधार आएको नेप्से परिसूचक एक हजार ५६२ अंकमा पुगेर बन्द भएको हो।

यसक्रममा ४९ लाख ९४ हजार कित्ता सेयर किनबेच भइ एक अर्ब ४२ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।

नेप्से परिसूचक सामान्य अंकले बढे पनि बिहिबार कारोबार भएका १२ मध्ये पाँच समूहमा मात्रै सुधार आएको छ । ती बाहेक अन्य सात समूहमा भने गिरावट आएको छ।

विहिबार बैंक, व्यापार, जलविद्युत्, अन्य र म्युचुअल फण्ड समूह सुधारिएका हुन्। यी बाहेक होटल, विकास बैंक, वित्त, निर्जीवन बीमा कम्पनी, उत्पादनमुलक, लघुवित्त र जीवन बीमा समूह भने घटेका छन्।

विहिबार विष्णु पौडेलले अर्थमन्त्रीको सपथ खाएको दिन नेप्सेमा सामान्य अंकको सुधार आएको हो।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ