गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ राप्ती हाइड्रोले असार २९ गतेदेखि आईपीओ निष्काशन गर्ने राप्ती हाइड्रोले असार २९ गतेदेखि आईपीओ निष्काशन गर्ने Karobarpati मंगलबार, २०७९ असार २१ गते, ०७:३५ मा प्रकाशित काठमाडाैं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि असार २९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। केही समय अघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता सेयर कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ। लगानीकर्ताले बाँकी २१ लाख ७६ हजार ९४० कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम २१ लाख कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा साउन १ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद साउन ११ गतेसम्म लम्बिनेछ। आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्राएनपी आईआर बी रेटिङ्ग प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। क्याटेगोरी : पूँजी बजार ट्याग : #आईपीओ, #राप्ती हाइड्रो तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा ३ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ४ वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी ५ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ६ त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन ७ बन्द भएका तीन उद्योग संचालनमा ल्याइने ट्रेण्डिङ मर्जर प्रक्रियामा रहेको कुमारी बैंकले लाभांश पारित गर्न बोलायो साधारणसभा बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी सिटिजन्स बैंकले लाभांश प्रस्ताव पारित गर्न बाेलायाे साधारणसभा Duplicate Maya - Krishna Karki सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालन हुँदै सिद्धार्थ बैंकले तीन अर्बको ऋणपत्र बिक्र खुला गर्ने मर्जर प्रक्रियामा रहेको कुमारी बैंकले लाभांश पारित गर्न बोलायो साधारणसभा बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी सिटिजन्स बैंकले लाभांश प्रस्ताव पारित गर्न बाेलायाे साधारणसभा Duplicate Maya - Krishna Karki सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालन हुँदै सिद्धार्थ बैंकले तीन अर्बको ऋणपत्र बिक्र खुला गर्ने