काठमाडौं – नेपाल फाइनान्सले १७ असारदेखि १४ लाख ३९ हजार ४१२.७५ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ ।
जसमा कम्पनीले संस्थापक समूहको ११ लाख ३६ हजार ७१६.१८७ कित्ता र सर्वसाधारण समूहको तीन लाख दुई हजार ६९६.२७५ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो ।लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम एक सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद असार २४ गतेसम्म रहेको छ ।
कम्पनीले यसअघि ६ जेठदेखि २६ गतेसम्म ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो समयमा बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।