२०८१ मंसीर २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसेयर बजार दोहोरो अंकले घट्यो, एसियन लाइफको सर्वाधिक कारोबार

सेयर बजार दोहोरो अंकले घट्यो, एसियन लाइफको सर्वाधिक कारोबार


काठमाडौं । सेयर बजार परिसूचक नेप्से ११.८२ अंकले घटेर १९२१.३१ अंकमा पुगरे बन्द भएको छ ।

सोमवार बजारमा २ अर्ब ४ करोड ४८ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो भने आज २३० कम्पनीको ३० लाख ३७ हजार ६८० कित्ता सेयर १ अर्ब ५८ करोड २ लाख ६३ हजार ५२२ रुपैयाँको किनबेच भएको छ ।

नेप्सेमा आज दुई उपसमुह बाहेक सबै उपसमुह राताम्यै भएको छ । आजको दिनमा बैंक उपसमुह ०.०२ प्रतिशत र जीवन बीमा उपसमुहको सेयर १.०३ प्रतिशतले बढेको छ।त्यस्तै,विकास,लगानी,अन्य,हाइड्रो पावर, लघुवित्त,व्यापार,होटल र पर्यटन, फाइन्नस,उत्पादन, म्युचुअल फण्ड,नजीबनबीमा,बैंक सबै उपसमुह राताम्यै भएको छ ।

सेयर बजारमा आज एसियन लाइफ इस्योरेन्स ७ करोड ३१ लाख ३३ हजार रुपैयाँ बराबरको सब भन्दा धैरे कारोबार भएको छ । यसैगरी लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)को ५ करोड ४३ लाख ८७ हजार रुपैयाँ बराबरका त्यस्तै नागरिक लगानीकोषको ५ करोड ३४ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबर भएको छ ।
सिवाईसी लघुवित्त ९.९९ र उन्नति सहकारी लघुवित्त ७.७४ प्रतिशतले बढेको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ