२०८१ मंसीर २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारनेप्से २३.८५ अंकले घट्याे, २ अर्ब भन्दा बढीको कारोबार

नेप्से २३.८५ अंकले घट्याे, २ अर्ब भन्दा बढीको कारोबार


काठमाडौं । सेयर बजार परिसूचक नेप्से २३.८५ अंकले घटेर १९३३.१३ अंकमा पुगरे बन्द भएको छ ।

आज सेयर बजारमा २२९ कम्पनीको ५६ लाख ४१ हजार ५४० कित्ता सेयर २ अर्ब ४ करोड ४८ लाख ३१ हजार ९४८ रुपैयाँको किनबेच भएको छ ।

नेप्सेमा आज  २  उपसमुह बाहेक सबै उपसमुह राताम्यै भएको छ । आजको दिनमा लगानी उपसमुह १ प्रतिशत र जीवन बीमा उपसमुहकाे सेयर १.२२ प्रतिशतले बढेको छ ।त्यस्तै,विकास बैंक समुह, अन्य समुह,हाइड्रो पावर, लघुवित्त,व्यापार,होटल र पर्यटन, फाइन्नस,उत्पादन, म्युचुअल फण्ड,नजीबनबीमा,बैंक सबै उपसमुह राताम्यै भएको छ ।

सेयर बजारमा आज नागरिक लगानी कोषको १५ करोड ६५ लाख ८८ हजार रुपैयाँ बराबरको सब भन्दा धैरे कारोबार भएको छ । यसैगरी हिमालयन डिस्टिलरीको ९ करोड ७ लाख ४४ हजार रुपैयाँ बराबर, लाइफ इन्स्योरेन्स कर्पोरिनको ८ करोड २ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबर भएको छ ।

सिवाईसी लघुवित्त ९.९९ र न्यादी हाइड्रोपावर ९.९६ प्रतिशतले बढेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसनको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।यो दिन उन्नति सहकार्य लघुवित्तका सेयरधनीहरु १० प्रतिशतको गिरावट आएको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ