२०८१ मंसीर १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारअपि पावर कम्पनीले हकप्रद शेयर जारी गर्ने

अपि पावर कम्पनीले हकप्रद शेयर जारी गर्ने


काठमाडौं । अपि पावर कम्पनीले प्रति कित्ता एक सय रुपैयाँका दरले ५६ लाख ७० हजार कित्ता हकप्रद साधारण शेयरको निष्काशन तथा विक्रि खुल्ला गर्न लागेको हो । कम्पनीले १ः०४७ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको छ ।

 

कम्पनीको हकप्रद साधारण शेयरको आवेदन दिन समय अवधि कात्तिक १४ गतेदेखि मसिर ४ गते सम्म रहेको छ । हाल अधिकृत पूँजी ५ अर्ब, जारी पूँजी ४ अर्ब र चुक्तापूँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ रहेको छ । आव २०७६/०७७ मा नेटवर्थ १ अर्ब ३६ करोड रहेको, जगेडा कोष तथा संचित नाफामा १७ करोड रहेको छ भने प्रति शेयर आम्दानी ८ रुपैयाँ ४ पैसा रहेको छ ।

 

४० मेगावाट क्षमताको तेश्रो जलविद्युत आयोजना माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणमा लगानी गर्नका लागि शेयरधनीहरुबाट शेयर पूँजी जुटाउन हकप्रद शेयर जारी गरी रकम संकलन गर्ने योजना गरेको छ ।

सुदुर पश्चिम प्रदेश, दार्चुला जिल्लामा वहने नौगड गाढ नदीको पानी उपयोग गरी प्रथम आयोजनाको रुपमा ८.५ मेगावाट क्षेमताको नौगड गाढ जलबिद्युत आयोजना निर्माण सम्पन्न गरी वि.स.२०७२ भाद्र २ गते देखी राष््िरय ग्रिडमा बिद्युत प्रवाह गरी व्यापारिक उत्पादन गरिरहेको छ ।

सुदुर पश्चिम प्रदेशमा नीजि लगानीबाट १७ महिना भित्र निर्माण गरी संचालन भएको यो नै पहिलो जलविद्युत आयोजना हो ।

दोश्रो आयोजनाको रुपमा सोही नदीको पानी उपयोग गरी ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजना मिति २०७६ कात्तिक १३ गतेबाट व्यापारिक उत्पादन गरी राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गरिरहेको छ ।

यस कम्पनी द्वारा संचालनमा रहेका यी दुवै आयोजनाबाट उत्पादित विद्युत शक्ति नेपाल विद्युत प्राधिकरणको अत्तरीया-वलाँच १३२ के.भी. ट्रान्समिसन लाईन मार्फत विद्युत प्रवाह भईरहेको छ ।

 

यस आयोजना निर्माणका लागि ७ अर्ब ४० करोड लगानी लाग्ने अनुमान गरिएको छ । कुल लागत मध्ये ३० प्रतिशतले हुने रकम २ अर्ब २२ करोड आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गरी २ चरणमा रकम संकलन गरी लगानी गर्ने योजना गरेको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ