२०८१ मंसीर २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारआदर्श लघुवित्तको आईपीओ बाँडफाँड, भाग्यमानी ६ हजार २६१ जनाले पाए सेयर

आदर्श लघुवित्तको आईपीओ बाँडफाँड, भाग्यमानी ६ हजार २६१ जनाले पाए सेयर


काठमाडौं । आदर्श लघुवित्तको आईपीओ बाँडफाँड आज विहान भएको छ।

यस कम्पनीको आईपीओमा १६ लाख ७४ हजार ६५२ जनाले आवेदन दिएका थिए । जस मध्ये १ हजार ८५८ जनाको आवेदन रद्द भएको बीओके क्यापिटल मार्केट लिमिटेडले जनाएको छ।

गोलाप्रथामार्फत् कुल ६ हजार २६१ जना सर्वसाधारण लगानीकर्ताहरूले मात्र सेयर पाएका छन्। जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन्।

आदर्शले असार १ गतेदेखि ५ गतेसम्म ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ जारी गरेको थियो।

 


क्याटेगोरी : पूँजी बजार
ट्याग : #आईपीओ, #आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेड


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ