आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर आईपीओको बाँडफाँड आज हुने भएको छ ।
संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटका अनुसार उक्त आईपीओ आज बिहान ९ बजे क्यापिटलको कार्यालय नक्साल काठमाडौँमा हुनेछ ।
संस्थाले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६७ लाख रूपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ०।५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ६२ हजार ६१५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
अन्तिम दिनसम्म १८ लाख ७ हजार १ सय २४ जना लगानीकर्ताहरूले २ करोड २ लाख ५० हजार ९ सय ८० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि छुट्याइएको भन्दा ३२३ दशमलव ४२ गुणा धेरै आवेदन हो ।
मागभन्दा धेरै आवेदन परेको हुनाले संस्थाको आईपीओ गोलाप्रथाद्वारा वितरण गरिनेछ । गोलाप्रथाद्वारा वितरण गर्दा भाग्यमानी ६ हजार २ सय ६१ जना लगानीकर्ताले मात्रै सेयर हात पार्नेछन् । बाँकी १८ लाख ८ सय ६२ जना लगानीकर्ताको भने हात खाली हुनेछ ।