काठामाडौं । बिहिबार सेयर बजर परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । बुधबार १६०० अंकमाथि पुगे पनि साताको अन्तिम दिन हिजो नेप्से ११.३४ अंकले करेक्सन हुँदा १५८९.६४ अंकमा बन्द भएको छ ।
नेप्सेमा करेक्सन हुँदा पनि कारोबार रकम भने करिब ३ अर्ब पुगेको छ । हिजो नेप्सेमा १९३ कम्पनीको १ करोड ११ लाख ६४ हजार ५०६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९० करोड ५० लाख ५८ हजारको सेयर कारोबार भएको छ ।
लगातार बढेको हाइड्रोपावर समूहको सूचक हिजो सबैभन्दा बढी घटेको छ । हाइड्रोपावरका लगानीकर्ताले नाफा बुक गर्न खोज्दा उक्त समूहको सूचकमा करेक्सन देखिएको हो । हाइड्रोपावर समुहको सूचक आज सर्वाधिक ३.०८ प्रतिशले घटेको छ । हाइड्रोपावरसँगै बजारलाई लिड गर्ने बैंकिङ समूहको सूचक पनि ०.६८ प्रतिशतले घट्दा नेप्से घटेको हो ।
नेप्से दोहोरो अंकले घट्दा पनि वित्त कम्पनी समूहको सूचक भने ३.९१ प्रतिशतले बढेको छ । वित्त कम्पनीसँगै लघुवित्त र म्युचुअल फन्डबाहेकका सबै समूहको सूचक बिहीबार घटेको छ ।
नेप्सेसँगै हाइड्रोपावर समूहको सूचकमा करेक्सन देखिए पनि हाइड्रोको सेयर किन्ने लगानीकर्ता भने झम्मिएकै देखिन्छ । हिजो सवार्धिक कारोबार हुने शीर्ष ५ कम्पनीमा कुमारी बैंकबाहेक ४ वटा हाइड्रोपावर रहेका छन् । अरुण काबेली हाइड्रोपावरको सर्वाधिक १२ करोड ४१ लाख ८० लाखको कारोबार हुँदा नेसनल र सानिमा माई हाइड्रोपावरसँगै कुमारी बैंक र अरुण भ्याली हाइड्रोपावर कारोबार रकममा अगाडि छन् ।
नेप्सेमा करेक्सन हुँदा पनि चारवटा कम्पनीको सेयर मूल्यमा भने भने पोजेटिभ सर्किट लागेको छ । मल्टीपर्पोस फाइनान्स, कणर्ाली विकास बैंक, समृद्धि फाइनान्स र गोर्खाज फाइनान्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि करिब ९ प्रतिशतले कमाएका छन् भने गुमाउनेमा भने हाइड्रोपावरका लगानीकर्ता रहेका छन् ।