२०८१ भदौ २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसानिमा जनरल इन्स्योरेन्सको आईपीओ असोज २१ गते देखि निष्काशन

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ असोज २१ गते देखि निष्काशन


काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख साधारण सेयर(आईपीओं) निष्काशन गर्ने भएको छ ।

सानिमा जनरल इन्स्योरेन्सको कूल निष्काशनमध्ये १ लाख २० हजार कित्ता कर्मचारीलाई र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका इकाइहरुलाई छुट्टयाएर बाँकी २७ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणको लागि निष्काशन गर्न लागिएको हो।

 

साधारण सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।

आउदो असोज २१ गते देखि सेयर जारी गर्न लागिएको उक्त आइपीओको लागि असोज २५ गतेसम्म आवेदन गर्न पाइने छ।कम्पनीको हाल ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आईपीओ निष्काशनपछि एक अर्ब रुपैयाँ पूँजी पुग्नेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटललाई नियुक्त गरिएको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ