गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ परिसूचक १५ सय ४६ अंकमा ओर्लियो, नेप्से राताम्यै परिसूचक १५ सय ४६ अंकमा ओर्लियो, नेप्से राताम्यै Karobarpati मंगलबार, २०७७ असोज ६ गते, २०:१३ मा प्रकाशित काठमाडौं । मंगलबार सेयर बजारमा अधिकांशक कम्पनीको सेयर मूल्य घटेको छ । दोस्रो दिन लगातार लगानीकर्ताले नाफा बुक गर्ने क्रम कायम रहँदा नेप्से परिसूचक आज २२.९१ अंकले ओरालो लागेको हो । नेप्सेका अनुसार मंगलबार कारोबारमा आएका १५५ कम्पनीको मूल्य घटे भने १२ कम्पनीको मूल्य मात्र बढे । पछिल्लो समय सेयर बजार निरन्तर बरिहेकामा हिजो र आज केही करेक्सन देखिएको हो । बजार १.४६ प्रतिशतले घट्दा कारोबार रकममा कमी आएको छैन । आज दिनभर २ अर्ब ८१ करोड २८ लाख ५६ हजार रुपैयाँबराबरको सेयर किनबेच भए । सोक्रममा १ सय ९९ कम्पनीका ७८ लाख ५६ हजार कित्ता सेयरको ४८ हजार कारोबार भयो । मंगलबार कारोबार सुरु भएदेखि ओरालो लागेको परिसूचक बीचमा केही सुधारिने प्रयास गरे पनि अन्तिमसम्मै ऋणात्मक रह्यो । कारोबारमा आएका ३ कम्पनीको मूल्य करिब १० प्रतिशतले ओरालो लाग्ने क्रमले अन्तिमसम्मै निरन्तरता पायो जसमध्ये लिबर्टी इनर्जी कम्पनीको मूल्य सर्वाधिक ९.८८ प्रतिशतले गिरावट आयो । घलेम्दी हाइड्रो र युनाइटेड मोदीको मूल्य पनि करिब १० प्रतिशतले घटे । बढ्नेमा युनाइटेड फाइनान्सको मूल्य सर्वाधिक १५ रुपैयाँ अर्थात् ६.८२ प्रतिशतले बढेको छ । समूहगत उपसूचकतर्फ आज कुनै पनि समूह बढेनन् । जसमध्ये विकास बैंक र जलविद्युत् समूह सर्वाधिक क्रमशः २.१६ र २.०८ प्रतिशतले ओरालो लागे । बैंकिङ समूहमा १.७७ र वित्त समूहमा १.६७ प्रतिशतको गिरावट आयो । परिसूचकका आधारमा निर्जीवन बिमा समूह सर्वाधिक ११२.६६ अंकले ओरालो लाग्दा जीवन बिमा समूहको उपसूचक १०९.४७ अंकले घटेको छ । नेप्से घट्दा बजारको कुल पुँजीकरण २० खर्ब ५९ अर्ब रुपैयाँ कायम भएको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ४ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ५ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ६ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ७ बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु ट्रेण्डिङ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने प्रदेश १ मा यो बर्ष मलको अभाव नहुने दाबी १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने प्रदेश १ मा यो बर्ष मलको अभाव नहुने दाबी १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी