गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ परिसूचक १५ सय ४६ अंकमा ओर्लियो, नेप्से राताम्यै परिसूचक १५ सय ४६ अंकमा ओर्लियो, नेप्से राताम्यै Karobarpati मंगलबार, २०७७ असोज ६ गते, २०:१३ मा प्रकाशित काठमाडौं । मंगलबार सेयर बजारमा अधिकांशक कम्पनीको सेयर मूल्य घटेको छ । दोस्रो दिन लगातार लगानीकर्ताले नाफा बुक गर्ने क्रम कायम रहँदा नेप्से परिसूचक आज २२.९१ अंकले ओरालो लागेको हो । नेप्सेका अनुसार मंगलबार कारोबारमा आएका १५५ कम्पनीको मूल्य घटे भने १२ कम्पनीको मूल्य मात्र बढे । पछिल्लो समय सेयर बजार निरन्तर बरिहेकामा हिजो र आज केही करेक्सन देखिएको हो । बजार १.४६ प्रतिशतले घट्दा कारोबार रकममा कमी आएको छैन । आज दिनभर २ अर्ब ८१ करोड २८ लाख ५६ हजार रुपैयाँबराबरको सेयर किनबेच भए । सोक्रममा १ सय ९९ कम्पनीका ७८ लाख ५६ हजार कित्ता सेयरको ४८ हजार कारोबार भयो । मंगलबार कारोबार सुरु भएदेखि ओरालो लागेको परिसूचक बीचमा केही सुधारिने प्रयास गरे पनि अन्तिमसम्मै ऋणात्मक रह्यो । कारोबारमा आएका ३ कम्पनीको मूल्य करिब १० प्रतिशतले ओरालो लाग्ने क्रमले अन्तिमसम्मै निरन्तरता पायो जसमध्ये लिबर्टी इनर्जी कम्पनीको मूल्य सर्वाधिक ९.८८ प्रतिशतले गिरावट आयो । घलेम्दी हाइड्रो र युनाइटेड मोदीको मूल्य पनि करिब १० प्रतिशतले घटे । बढ्नेमा युनाइटेड फाइनान्सको मूल्य सर्वाधिक १५ रुपैयाँ अर्थात् ६.८२ प्रतिशतले बढेको छ । समूहगत उपसूचकतर्फ आज कुनै पनि समूह बढेनन् । जसमध्ये विकास बैंक र जलविद्युत् समूह सर्वाधिक क्रमशः २.१६ र २.०८ प्रतिशतले ओरालो लागे । बैंकिङ समूहमा १.७७ र वित्त समूहमा १.६७ प्रतिशतको गिरावट आयो । परिसूचकका आधारमा निर्जीवन बिमा समूह सर्वाधिक ११२.६६ अंकले ओरालो लाग्दा जीवन बिमा समूहको उपसूचक १०९.४७ अंकले घटेको छ । नेप्से घट्दा बजारको कुल पुँजीकरण २० खर्ब ५९ अर्ब रुपैयाँ कायम भएको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा नबिल बैंकले बढायो नाफा , खुद ब्याज आम्दानी १०० प्रतिशत भन्दा बढी कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा नबिल बैंकले बढायो नाफा , खुद ब्याज आम्दानी १०० प्रतिशत भन्दा बढी