२०८१ असार ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारमध्यभोटेकोशी जलविद्युतकोे आईपीओ शुक्रबार बाँडफाँड हुने

मध्यभोटेकोशी जलविद्युतकोे आईपीओ शुक्रबार बाँडफाँड हुने


काठमाण्डौ । मध्यभोटेकोशी जलविद्युत कम्पनीकोे आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ ।

 सेयर बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा हुनेछ । आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

कम्पनीले गत आसोज २० गतेबाट २५ गते सम्मका लागि प्रति कित्ता १०० रुपैयाँ अंकित दर कुल ९० करोड रुपैयाँबराबरको कुल ९० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो।

कुल सेयरमध्ये ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीका लागि छ भने ४ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी रहेको ८१ लाख ९० हजार कित्तामा सर्वसाधारणले आवेदन पेस गरेका छन्।

कम्पनीको आईपीओमा २३ लाख ९३ हजार ४२८ आवेदकले ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा ४.१९ गुणाले बढी भएको बिक्रि प्रबन्धकले जनाएको छ ।
हात खालि हुने भएको
कम्पनीको सेयर ८ लाख १९ हजार आवेदकले १० कित्ताका दरले सेयर पाउने भएका छन्। झन्डै पौन १६ लाख आवेदकको छ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ