२०८१ माघ १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारआज नेप्से परिसूचक ५२.४१ अंकले घट्याे

आज नेप्से परिसूचक ५२.४१ अंकले घट्याे


काठमाडौं । आज नेप्से परिसूचक नेप्से ५२.४१ अंकले घटेर २९६९.६९ अंकमा बन्द भएको छ ।

नेप्से परिसूचक घटेसँगैै कारोबार रकम पनि केही घटेको छ । मंगलबार १६ अर्ब माथिको कारोबार भएको बजारमा आज २ करोड ८२ लाख ८९ हजार १ सय २८ कित्ता सेयर १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजारमा खरिद बिक्रि भएको छ ।

आज नेप्सेमा लघुवित्तबाहेक सबै समुह घटेका छन् । बैंकिङ ०.२६ प्रतिशत , फाइन्स ६.८१ प्रतिशत ,होटेल तथा पर्यटन ५.१५ प्रतिशत, हाइड्रोपावर ४.७४ प्रतिशत, विकास बैंक ४.०३ प्रतिशतले घटेका छन् ।

त्यस्तै, बिमा २.१८ प्रतिशत ,उत्पादनमुलक ३.१७ प्रतिशत , अन्य २.९८ प्रतिशत र व्यापार २.५४ प्रतिशतले घटेका छन् भने लघुवित्त समुहमात्र २.६२ प्रतिशतले बढेको छ ।

आज बजारमा नेपाल पुनर्बिमा कम्पनीले कारोबार रकममा सबभन्दा बढी भएको छ ।  कम्पनीको ६० करोड ८९ लाख १९ हजारको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ५५ करोड ५७ लाख ५३ हजार र नेशनल हाइड्रोपावरको ४६ करोड ७५ लाख ९ हजारको कारोबार भएको छ ।

आज कारोबारमा आएको ६० कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १५३ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त भनेका ५१ कम्पनीमध्ये ४७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने भने ३ वटा कम्पनी मूल्य मात्र बढेको छ र १ कम्पनीको कारोबार नै भएन ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ