२०८१ असोज २०, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारनेप्सेको ओरालो यात्रा कायमै

नेप्सेको ओरालो यात्रा कायमै


काठमाडौं । आज नेप्से २९.७१ अंकले घटेर २१२६.४८ विन्दुमा बन्द भएको छ ।

आज २७१ कम्पनीको ६२ लाख ७१ हजार ७७७ कित्ता सेयर २ अर्ब ४२ करोड ५७ लाख ८० हजार ५६४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार आएका मघ्ये १६ कम्पनीको शेयरमूल्य बढेको छ भने १९३ कम्पनीकोे शेयरमूल्य घटेको छ । त्यस्तै, ९ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

बजारमा आज शिवम सिमेन्टको सबभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको १० करोड ५७ लाख ५९ हजार रुपैयाँ बढीको कारोबार भएको छ। त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको ८ करोड ३६ लाख ६० हजार रुपैयाँ, प्रोग्रेशिभ फाइनान्सको ६ करोड ८० लाख ७७ हजार रुपैयाँ, नेपाल पुनबीमा कम्पनीको ६ करोड ११ लाख ७१ हजार रुपैयाँ र एभरेष्ट बैंकको ६ करोड ३८ हजार रुपैयाँ बराबरको करोबार भएको छ ।

आजको दिन एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको ७.३९ प्रतिशत मनकामना स्मार्ट लघुवित्तको ५.९० प्रतिशतले बढेको छ भने किसान लघुवित्तको ८.६८ प्रतिशत र प्रोग्रेशिभ फाइनान्सको ४.९८ प्रतिशतले घटेको छ ।

साताको कारोबारको अन्तिम दिन १३ वटै उपसमूहमा राताम्मै भएको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ