काठमाडौं । आज नेप्से ८.११ अंकले घटेर २१५६.२० विन्दुमा बन्द भएको छ ।
आज २६० कम्पनीको ७३ लाख ९९ हजार ४७४ कित्ता सेयर २ अर्ब ४३ करोड २५ लाख ८ हजार ७६९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार आएका मघ्ये ६७ कम्पनीको शेयरमूल्य बढेको छ भने १४१ कम्पनीकोे शेयरमूल्य घटेको छ । त्यस्तै, ९ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । सेयर बजारमा आज १० वटा उपसमुहको सेयर मूल्य घटेको छ भने ३ वटा उपसमुहको सेयरको मूल्य उकालो लागेको छ ।
बजारमा आज ग्लोबल आईएमई प्रमोटर सेयर सबभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको १५ करोड १२ लाख ५३ हजार रुपैयाँ बढीको कारोबार भएको छ।
त्यस्तै, शिवम सिमेन्ट्को ९ करोड ४९ लाख २४ हजार रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनी ८ करोड ९३ हजार रुपैयाँ , हिमालयन लाइफ इन्स्योरेन्सको ६ करोड ९७ लाख ७९ हजार रुपैयाँ र एभरेष्ट बैंकको ६ करोड ८९ लाख ६ हजार रुपैयाँ बराबरको करोबार भएको छ ।
आज किसान लघुवित्तको शेयरमूल्य ९.९६ प्रतिशतले बढेको छ । त्यस्तै ग्रीन डेभलपमेन्ट बैकको ६.५८ प्रतिशत, बाराही हाइड्रोपावर ३.४० प्रतिशत र बरुण हाइड्रोपावर २.७९ प्रतिशतले बढेको छ ।
आज जाल्पा लघुवित्तको ६.४९ प्रतिशत र युनिनिर्भर नेपाल ६.३३ प्रतिशतले घटेको छ ।