काठमाडौं । चालु आर्थिक बर्षको लागि मौद्रिक निति आएसँगै सेयर बजारमा हरियाली छाएको छ । राष्ट्र बैंकले शेयर धितो कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने जनाएसँगै बजारमा हरियाली छाएको छ ।
आज नेप्से परिसूचक ६३.२४ अंकले बढेर लागेर २२२७.१७ पुगेको छ ।
बजारमा आज १३ वटै उपसमुहमा छरियाली छाएको छ । कारोबारमा आएका कम्पनीहरु मघ्ये १९९ कम्पनीको मूल्य बढेको छ । त्यस्तै १६ कम्पनीको मूल्य घटेको छ भने १ वटा कम्पनीको सेयरको मूल्य स्थिर रहेको छ ।
बजारमा आज १३ उपसमूहमध्ये ६ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने ७ उपसमूहको सेयर मूल्य बढेको छ ।
नेप्सेका अनुसार आज २६६ कम्पनीको कूल १ करोड २० लाख २ हजार ३०८ कित्ता सेयर ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३२ मूल्य बराबरको कारोबार भएको छ ।
कारोबारका आधारमा शिवम सिमेन्ट्को कारोबार शीर्ष स्थानमा रहेको छ । शिवम सिमेन्ट् को १४ करोड ८१ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै , ज्योति विकास बैंकको १३ करोड ७७ लाख ४२ हजार रुपैयाँ , ग्लोबल आईएमई बैंकको १२ करोड ३४ लाख २२ हजार रुपैयाँ, एन आईसी एसिया बैंकको ११ करोड १२ लाख ८५ हजार रुपैया र हिमालयन डिस्ट्रिलरी ११ करोड ११ लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ्
त्यस्तै, किसान लघुवित्त र चन्द्रगिरी हिल्सको शेयर मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै लिवर्टी इन्र्जीको ९.९७ प्रतिशतले बढेको छ भने स्वरोजगार लघुवित्तको ९.८९ प्रतिशत र ग्लोबल आइएमई लघुवित्तको ९.३२ प्रतिशतले बढेको छ ।
त्यस्तै,आज नबिल ग्रोथ फण्डको १० प्रतिशत, ८.५ प्रतिशत नेपाल बैंक डिभेन्चर २०८७ को ५.८६ प्रतिशत र बीपीडब्लु लघुवित्तको ४.६८ प्रतिशतले घटेको छ ।