काठमाडौं । हिमाल दोलखा हाईड्रोपावर कम्पनीले अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले गत जेठ २२ गतेदेखि असार १५ गतेसम्म हकप्रद सेयर बिक्री खुल्ला गरी आवेदन माग गरेकोमा सर्वसाधारण समूह तर्फको बिक्री नभएको १५ लाख ७७ हजार २११ कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने लागेको हो ।
सो सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले साउन २२ गते देखि साउन २९ गते सम्ममा न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूणर् कित्ता खरिदको लागि शिलबन्दी बोलपत्र पेस गर्न सक्ने कम्पनीले जनाएको छ ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको हुदाँ आवेदनकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।
आवेदनकर्ताले कम्पनीको सेयरमा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल, लक्ष्मी सनराइज बैंकका विरानगर, बिर्तामोड, विरगञ्ज, जनकपुर, हेटौंडा, नारायणघाट, पोखरा, वाग्लुङ्ग, बुटवल, नेपालगञ्ज, घोराही दाङ, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन पेस गर्न सक्नेछन् ।