काठमाडौैं । लगातर बढेको सेयर बजार आज भने सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक १.३१ अंकले घटेर २१६३.९२ अंकमा बन्द भएकाे छ ।
आजको दिन बजारममा २६४ कम्पनीकाे ८४ लाख २४ हजार १०८ कित्ता सेयर ३ अर्ब ५ करोड २४ लाख १० हजार ६५९ रूपैयाँमा किनबेच भएकाे छ ।
बजारमा बैंकिङ, विकास बैंक, जलविद्युत उत्पादन तथा प्रशोधन र व्यापार समूहको उपसूचककाे सेयरकाे मूल्य उकालाे लागेकाे छ भने निर्जीवन बीमा,जीवन बीमा,वित्त,होटल तथा पर्यटन,लगानी , लघुवित्त,र म्युचुअल फन्डको सेयरको मूल्यमा गिरावट आएको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम सिमेन्ट लिमिटेडको कारोबार भएको छ । शिवमको १४ करोड २३ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, सोल्टी होटलको ९ करोड ३४ लाख ९६ हजार,हिमालयन लाइफ इन्स्योरेन्सको ८ करोड ८२ लाख ५९ हजार रुपैयाँ, ज्योति विकास बैंकको ८ करोड ८ करोड ३३ लाख ९४ हजार र नबिल बैंकको ७ करोड ७७ लाख ८३ हजार रुपैयाँ बराबरमा करोबार भएको छ ।
त्यस्तै,आज सेयर बजारमा विशाल बजार कम्पनी लिमिटेड र लिबर्टी इनर्जी कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै उपर हेवेखोला हाइड्रोपावरको ८.२० प्रतिशतले बढेको छ ।
साथैसिटिजन्स म्युचुअल फन्ड ९२ र कुमारी इक्विटी फन्डको शेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । एनआईसी एशिया फिक्स क्याप फण्डको ८.५५ प्रतिशतले घटेको छ ।