२०८१ असोज २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारवैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि हाथवे इन्भेष्टमेण्टको आईपीओ आजदेखि

वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि हाथवे इन्भेष्टमेण्टको आईपीओ आजदेखि


काठमाडौं । हाथवे इन्भेष्टमेण्टले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आजदेखि आइपीओ बिक्रि खुल्ला गरेको छ ।

कम्पनीले पुँजी १ अर्ब १७ करोडको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीले निष्काशन गरेको कुुल कित्ता मघ्ये १० प्रतिशततले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो ।

निष्काशित सेयरमा आवेदन कर्ताले प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले न्यूनतम २० कित्ता देखि अधिकतम १ लाख कित्ता सम्मका लागि आवदेन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कम्पनीको आईपीओमा साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन्।

आवेदनकर्ताले यस कम्पनीको आईपीओ खरिदका लागि धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।

हाथवे इन्भेस्टमेन्टको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ