काठमाडौं । आज नेप्से परिसूचक ९.९१ अंकले बढेर लागेर द २१५४.०७ पुगेको छ ।
बजारमा आज १३ उपसमूहमध्ये ६ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने ७ उपसमूहको सेयर मूल्य बढेको छ ।
नेप्सेका अनुसार आज २५५ कम्पनीको कूल ८६ लाख ७६ हजार ४३८ कित्ता सेयर ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार २९ मूल्य बराबरको कारोबार भएको छ ।
कारोबारका आधारमा स्वावलम्बन लघुवित्त शीर्ष स्थानमा रहेको छ । स्वावलम्बन लघुवित्तको २१ करोड ७७ लाख ३९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै ,शिवम् सिमेन्ट १७ करोड ९८ लाख ६१ हजार रुपैयाँ ,हिमालयन लाइफ इन्स्योरेन्स १५ करोड ६३ लाख ९० हजार रुपैयाँ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ११ करोड ६६ लाख ११ हजार रुपैया र एशियन लाइफ इन्स्योरेन्स १० करोड २३ लाख ७१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ् ।
त्यस्तै, बीपीडब्ल्यू लघुवित्तको शेयर मूल्य १० प्रतिशत ,युनाइटेड अजोड इन्स्योरेन्सको ९.९९ प्रतिशतले बढेको छ भने शुभम् पावर ८.८९ प्रतिशत , युनिलिभर नेपाल ८.३९ प्रतिशत र उपकार लघुवित्तको ६.७८ प्रतिशतले बढेको छ ।
सानिमा लार्ज क्याप ५.१४ प्रतिशत , ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिला ४.६३ प्रतिशत , सिटिजन म्युचुअल फण्ड पहिलो ४.११ प्रतिशत,सानिमा ग्रोथ फण्ड ३.९० र हिमालयन ऊर्जा विकास कम्पनीको ३.६५ प्रतिशतले घटेको छ ।