काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट मनकामना इन्जिनिरिङ हाइड्रोपावर र भगवती हाइड्र्रोपावर डेभल्पमेन्ट कम्पनीले आईपीओ जारीको अनुमति पाएका छन्र ।
बोर्डले मनकामना इन्जिनिरिङ हाइड्रोपावरलाई असार ५ गते र भगवती हाइड्र्रोपावरलाई ६ गते साधारण सेयर निष्कासनको अनुमति दिएको हो ।
बोर्डबाट मनकामना इन्जिनिरिङ हाइड्रोपावरले २४ करोड रुपैयाँ बराबरको र भगवती हाइड्र्रोपावरले १६ करोड ५८ लाख ९८ हजार ७९२रुपैयाँ बराबरको साधारण सेयर निष्कासन अनुमति पाएको हो ।
साधारण सेयर निष्कासनका लागि मनकामना इन्जिनिरिङको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल र भगवती हाइड्र्रोपावरको सिद्धार्थ क्यापिटल रहेको छ ।
बोर्डले मनकामना इन्जिनिरिङको चुक्तापुँजीको ३५ प्रतिशत र भगवती हाइड्र्रोपावरको चुक्तापुँजीको ३५ प्रतिशतले हुन आउने बराबरको साधारण सेयर जारी गर्न अनुमति दिएको हो ।
दुवै कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ जारी गर्नेछ ।
मनकामना इन्जिनियरिङले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दर २८ लाख कित्ता साधारण सेयर बिक्री गर्नेछन् ।
साथै,भगवती हाइड्र्रोपावर कम्पनीले अंकित मुल्य प्रतिकित्ता १०० रुपैयाँ १६ रुपैयाँ प्रिमियर थपेर प्रतिकित्ता ११६ रुपैयाँमा कुल १४ लाख ३० हजार १६२ कित्ता आईपीओ बिक्री गर्नेछ ।