२०८१ असोज २०, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारअप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ आजदेखि

अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ आजदेखि


काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावरले आज असार १० गते देखि सर्वसाधारणका लागि साधारण सेयर निष्काशन गरेको छ ।

कम्पनीले चुक्तापुँजी २२ करोड रुपैयाँको २९.५५ प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँ बराबरको ६ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

जसमघ्ये १० प्रतिशतले हुन आउने ६ लाख ६५ हजार रुपैयाँ बराबरको ६५ हजार कित्ता सेयर वैदेशिक रोजगारी रहेका नेपालीहरुको लागि, ५ प्रतिशत अर्थात् ३२ हजार ५०० कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् १३ हजार कित्ता साधारण सेयर कम्पनीमा कार्यगत कर्मचारीहरुको लागि छुट्याइएको छ ।

त्यस्तै,बाँकी रहेको ५ लाख ३९ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

आवेदनकर्ताले आगामी असार १३ गते सम्म आवेदन दिन पाउनेछन् र सो अवधिमा माग बमोजिम आवेदन नपरे असार २४ गतेसम्ममा आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले १० कित्ता देखि १ लाख कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् ।

साधारण सेयर निष्कासनका लागि अपर स्याङ्गे हाइड्रोपावरको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्वार्थ क्यापिटल रहेको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी-आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ