काठमाडौं । साताको दोस्रो दिन आज नेप्से परिसूचक २.९४ अंकले घटेर २०९१.३९ अंकमा पुगेको छ ।
आज २७६ कम्पनीको १ करोड २९ लाख ७५ हजार १६८ कित्ता शेयर ४ अर्ब ७४ करोड ६ लाख ८ हजार ८८ रुपैयाँ बराबरमा कारोबार भएको छ ।
कारोबार रकमको आधारमा आज सबै भन्दा बढी शिवम् सिमेन्ट कारोबार भएको छ । बजारमा शिवम् सिमेन्टको २९ करोड ४२ लाख ९९ हजार १५८ रुपैयाँ बराबरको शेयर खरिद बिक्रि भएको छ ।
त्यस्तै,नेपाल टेलिकमको १८ करोड १३ लाख ३४ हजार रुपैया, सोल्टी होटलको १७ करोड ८९ लाख २५ रुपैयाँ, ईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १७ करोड २ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ ।
त्यस्तै आजको दिन सेन्ट्र्रल फाईनान्स,लक्ष्मी इक्विटी फण्ड र माउन्टेन इनर्जी पावरको सेयर १० प्रतिशत र बीपीडब्लु लघुवित्त र मान्छियाम हाइड्र्रोपावरको सेयर ९.९९ प्रतिशतले बढेको छ ।
साथै सेयर बजारमा युनिक लघुवित्तको १० प्रतिशत, पाँचथर पावर ७ प्रतिशत,अभियान लघुवित्तको ५.९० प्रतिशत,उपर हेवाखोला हाइड्र्रोपावर ५.८० प्रतिशत र नयाँ सारथी लघुवित्तको ५.७५ प्रतिशतले घटेको छ ।
आजको दिन कारोबारमा आएका मघ्ये ८० वटा कम्पनीको सेयरको मूल्य बढेको छ भने १८२ वटाको घट्को छ । त्यस्तै १ वटा कम्पनीको सेयरको मूल्य स्थिर रहेको छ ।
साथै आज ५ वटा उप समुह हरियाली भएको छ भने ८ वटा उप समूह राताम्मै भएको छ ।