२०८१ असोज २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारचार लघुवित्त कम्पनीको सेयर नेप्सेमा सूचीकृत

चार लघुवित्त कम्पनीको सेयर नेप्सेमा सूचीकृत


काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा चार वटा लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा नयाँ सारथी,साना किसान, उपकार लघुवित्तको बोनस सेयर र युनिक नेपाल लघुवित्त एफपीओ सूचीकृत भएको हो ।

नेप्सेका अनुसार नयाँ सारथी लघुवित्तको ५ लाख ७६ हजार ४५० कित्ता, साना किसान लघुवित्तको ४० लाख ६७ हजार ४७५ कित्ता, उपकार लघुवित्तको ४ लाख ५ हजार २३२ कित्ता बोनस सेयर र युनिक नेपालको ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ सूचीकृत भएको हो ।

गत आवको लागि नयाँ सारथी लघुवित्तले १९ प्रतिशत ,साना किसान लघुवित्तले २६ प्रतिशत र उपकार लघुवित्तले ६१.७५ प्रतिशत बोनस सेयर वितरण गरेका थियो ।

त्यस्तै युनिक नेपाल लघुवित्तले हालै सर्वसाधारणको लागि एफपीओ जारी गरेको थियो ।


क्याटेगोरी : पूँजी बजार, बैंकिङ



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ