काठमाडौं । आज नेप्से परिसूचक ४०.४८ अंकले बढेको छ ।
आज नेप्से परिसूचक ४०.४८ प्रतिशतले बढेर १९८०.०९ अंकमा पुगेको छ ।
आजको २७५ कम्पनीको ९५ लाख २८ हजार २५५ कित्ता शेयर ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६३ रुपैयाँमा कारोबार भएको छ । आज सबै समूहका उपसूचक हरियाली छाएको छ । आजको दिन फाइन्नस उप समुहको ५.७३ प्रतिशतले सेयरको मूल्य बढेको छ ।
कारोबार रकमको आधारमा आज सबै भन्दा बढी नगारिक लगानी कोषकाे काराेबार भएकाे छ ।
नागरिक लगानी कोषको ११ करोड ४७ लाख २४ हजार ५१८ रुपैयाँ बराबरको शेयर खरिद बिक्रि भएको छ । त्यस्तै शिवम् सिमेन्टको १० करोड ८७ लाख ७५ हजार ५१५ रुपैयाँ आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १० करोड ६८ लाख ५० हजार ६३१ रुपैयाँ, नेपाल टेलिकमको ८ करोड १२ लाख ६४ हजार ९५४ रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ७ करोड ९३ लाख १४ हजार ३१ रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ ।
त्यस्तै आजको दिन भुगोल इनर्जी १० प्रतिशत , सिटी होटलको ९.९९ प्रतिशत र गुहेश्वरी मर्चेण्ट एण्ड बैंकिङ फाइन्नसको ८.७० प्रतिशतले बढ्को छ ।
साथै सेयर बजारमा ग्लोबल आईएमइ ब्यालेस फण्ड—१को ३.८३ प्रतिशत, म्युचुअल फन्डको १को २.५३ प्रतिशत र मनकामना स्र्माट लघुवित्तको २.५१ प्रतिशत घटेको छ ।
आजको दिन कारोबारमा आएका मघ्ये २१३ वटा कम्पनीको सेयरको मूल्य बढ्ेको छ भने ६ वटाको घट्को छ । त्यस्तै ५ वटा कम्पनीको सेयरको मूल्य स्थिर रहेको छ ।