काठमाडौं । चालु आर्थिक वर्षको वैशाख मसान्तमा धितोपत्र बजार पँुजीकरण २६ खर्ब ५७ अर्ब ७६ करोड रुपैयाँ कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो बजार पुँजीकरण ३३ खर्ब ४३ अर्ब ५६ करोड रुपियाँ रहेको थियो ।
नेपाल राष्ट्र बैङ्कले शुक्रबार प्रकाशित गरेको चालु आव २०७९/८० को १० महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार २०८० वैशाखमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २५३ पुगेको छ ।
सूचीकृत कम्पनीमध्ये १४३ बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनी रहेका छन् भने ७२ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग,६ लगानी कम्पनी, ६ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् ।
२०७९ वैशाखमा सूचीकृत कम्पनीको सङ्ख्या २ सय २९ रहेको थियो । ।२०७९ वैशाख मसान्तमा २३५०.४३ रहेको नेप्से सूचकाङ्क २०८० वैशाख मसान्तमा १८२१.६५ कायम भएको थियो । सूचीकृत कम्पनीमध्ये बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६४.३ प्रतिशत रहेको छ ।
त्यसै गरी जलविद्युत् कम्पनीको हिस्सा १३.८ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९ प्रतिशत, होटेलको हिस्सा २.३ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा ८.३ प्रतिशत रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० वैशाख मसान्तमा सूचीकृत ७ अर्ब २४ करोड सेयरको चुक्ता मूल्य ७ खर्ब १३ अर्ब ८७ करोड रुपैयाँ रहेको छ ।
आव २०७९/८० को १० महिनामा १ खर्ब ६६ अर्ब ४१ करोड रुपैयाँ बराबरको साधारण सेयर, ४५ अर्ब रुपैयाँ ब्राबरको विकास ऋणपत्र, २९ अर्ब १९ करोड रुपैयाँ बराबरको डिबेन्चर, ३४ अर्ब ८१ करोड रुपैयाँ बराबरको बोनस सेयर, ५ अर्ब ४९ करोड बराबरको म्युचुअल फन्ड र ४ अर्ब १३ करोड रुपैयाँ बराबरको हकप्रद सेयर गरी कुल २ खर्ब ८५ अर्ब ३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ११ अर्ब ६० करोड रुपैयाँ बराबरको डिबेन्चर, १३ अर्ब ३५ करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड, १० अर्ब एक करोड रुपैयाँ बराबरको साधारण सेयर र २ अर्ब १५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर गरी कुल ३७ अर्ब १२ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।
आजको गोरखापत्रमा प्रकाशित समाचारको साभार