काठमाडौ । नेप्से परिसूचक ५९.८७ अंकले बढेर १९८३.९५ अंकमा कायम भएको हो ।
आज २६१ वटा कम्पनीको १ करोड २० लाख २९ हजार ६०३ कित्ता सेय ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार ९९७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा २०२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ८ वटा कम्पनीको मूल्य मात्रै घटेको छ । सबै समूहका उपसूचकहरु हरियो देखिएका छन् ।
सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ३७२.२१ अंकले बढेको छ । त्यस्तै, निर्जीवन बीमा समूहको २८३.४२, होटल तथा पर्यटन समूहको ११७ .०१, विकास बैंक समूहको उपसूचक १००.३९ र जलविद्युत् समूहको ९५.३५ अंकले बढेको छ ।
आज बैंकिङ समूहको ३५.०७, वित्त समूहको ६७.७३, लगानी समूहको ३.६८, उत्पादन समूहको ७२.३७, लघुवित्त समूहको ५५.५६ र अन्य समूहको ३७.०२ अंकले बढेको छ ।
आजको कारोबारमा सिद्धार्थ इन्स्योरेन्स लिमिटेड, मल्टिपर्पोज फाइनान्स कम्पनी लिमिटेड, अजोड इन्स्योरेन्स लिमिटेड, सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र कालिका पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आजको कारोबारमा लक्ष्मी बैंक लिमिटेडको सबैभन्दा धेरै २० करोड ९४ लाख ९० हजार ५०९ रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको छ । त्यस्तै नेपाल टेलिकमको १४ करोड २ लाख ८ हजार ४०८ रुपैयाँमा किनबेच भयो ।