२०८२ वैशाख १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारवैदेशिक रोजगारीमा रहेकाले मायाखोला हाइड्रोपावरको आईपीओ आवेदन दिने आज अन्तिम दिन

वैदेशिक रोजगारीमा रहेकाले मायाखोला हाइड्रोपावरको आईपीओ आवेदन दिने आज अन्तिम दिन


काठमाडाैं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागिे बिक्री खुला गरेको साधारण शेयरको आवेदन दिने आज (पुस ८ गते) अन्तिम दिन हो ।

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् । निष्कासित शेयरमा आयोजना प्रभावित स्थानीयले आवेदन दिन पुस १७ गतेसम्मका लागि म्याद थप गरिएको छ । यस अघि आयोजना प्रभावित स्थानीयले पुस ८ गतेसम्म आवेदन दिन सक्ने भनिएको थियो ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्बको ३४ प्रतिशतले हुने ३४ करोड मूल्य बराबरको कूल ३४ लाख कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि कूल १० लाख कित्ता शेयर छुट्याएको छ ।

त्यस्तै बाँकी सर्वसाधारणमा निष्कासन गरिन २४ लाख कित्ता मध्ये १० प्रतिशत हुन आउने २ लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेकाहरुका लागि निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई ६ लाख कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र सङ्खुवासभाको चैनपुर नगरपालिका वडा नं. ८ र ९, धर्मदेवी नपा वडा नं. ३, ४ र ५ तथा मादी नपा वडा नं. ४ र ६ का बासिन्दाका लागि छुट्याएको हो ।

त्यस्तै आयोजना अति प्रभावित क्षेत्र बाहेक सङ्खुवासभाको अन्य क्षेत्रमा बसोबास गर्नेका ४ लाख कित्ता शेयर निष्कासन गरिने छ ।

न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता खरिदका लागि आवेदन दिन सक्ने छन् । त्यस्तै वैदेशिक रोजगारीमा रहेकाहरुले अधिकतम ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ