२०८२ वैशाख १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारझिनो अंकले घट्यो नेप्से परिसुचक

झिनो अंकले घट्यो नेप्से परिसुचक


काठमाडौं । आज नेप्से परसिूचक ०.०१ अंकले घटेर १८६७.२१ अंकमा पुगेर बन्द भएको छ ।

आज सेयरबजार २४७ वटा कम्पनीको ३१ लाख ११ हजार ८३३ कित्ता सेयर १ अर्ब ११ करोड ९७ लाख ९७ हजार ९२१ रुपैयाँ बराबरमा किनबेच भयो ।

नेपसेमा आज १३ उपसमूहमध्ये ३ उपसमूहको सेयर मूल्य बढयो भने १० उपसमूहको सेयर मूल्य घटेको छ ।

शेयर बजारमा आज कारोबारमा आएका कम्पनीहरु मध्ये ७६ कम्पनीको शेयर बढ्यो भने १२४ वटा कम्पनीको शेयर घटेको छ । त्यस्तै ११ वटा कम्पनीको शेयरको मूल्य स्थिर रह्यो ।

आज बजारमा सिर्जनशील लघुवित्तको शेयर १० प्रतिशत, धौलागीरी लघुवित्तको ९.९९ प्रतिशत,आर्दश लघुवित्तको ८.१९ प्रतिशत,कालिका पावर कम्पनीको ८.१५ प्रतिशत र नेरुडे लघुवित्तको ५.३८ प्रतिशतले बढेको छ ।

आज शेयर बजारमा  टेलिकमको शेयर १४ करोड ९९ लाख ५० हजार ३४६ मूल्यमा कारोबार भई कारोबारका आधारमा शीर्ष स्थानमा रयो । त्यस्तै एनआईसी एसियाको ५ करोड ५९ लाख ६५ हजार ३२४, नबिल बैंकको ५ करोड ३१ लाख ६६ हजार ६९८, हिमालयन डिष्ट्रिलरी ४ करोड ८१ लाख १३ हजार ९४६ र शिवम सिमेन्ट् को ३ करोड ९९ लाख ९५ हजार ४८५ रुपैयाँमा करोबर भयो ।

त्यस्तै आँधिखोला लघुवित्तको ७.७० प्रतिशत, बालेफी हाइड्रोपावर ५.४९ प्रतिशत,सोल्टी होटलको ४.७६ प्रतिशत,इष्टर्न हाइड्रोपावरको ३.९९ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकको शेयरको मूल्य ३.२० प्रतिशतले गिरावट आएको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ