काठमाडौं । आज नेप्से परिसूचक १४.२२ अंकले बढेर १८७३.११ विन्दुमा पुगेको छ ।
आज शेयर बजरमा २५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता शेयर ९३ करोड ८ लाख ३९ हजार ९०१ रुपैयाँमा किनबेच भयो । नेप्सेमा आज १३ वटै उपसमूहको शेयरको मूल्य बढेको छ ।
बजारमा आज नेपाल दूरसञ्चार कम्पनीको शेयर ६ करोड ३८ लाख ३७ हजार २१८ बराबर रुपैयाँमा खरिद बिक्री भए सँगै कारोबार रकमको आधारमा शीर्ष स्थानमा रह्यो ।
त्यस्तै सिभिल बैंक ४ करोड ३ लाख ७० हजार ३२८, हिमालयन डिस्टिलरी ३ करोड ८२ लाख ५९ हजार ४०८, नबिल बैंक ३ करोड ३६ लाख ९२ हजार २५१ र फरवार्ड माइक्रोफाइनान्स कम्पनीको २ करोड ८२ लाख १९ हजार ८ सय १८ बराबरको सेयर कारोबार भएको छ ।
आजको कारोबारमा आधीखोला लघुवित्त, सिर्जनशील लघुवित्त र धौलागिरि लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सिवाइसिएल लघुवित्त ७.६२ र मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्य ४.७१ प्रतिशतले बढेको छ ।
त्यस्तै, सनराइज ब्ल्यूचिप फण्डको ४.६७, गरिमा विकास बैंकको ऋणपत्र ३.९४, फरवार्ड माइक्रोफाइनान्सको २.५१, लिवर्टी इनर्जीको २ं३९ र महालक्ष्मी विकास बैंकको शेयर मूल्य २.२७ प्रतिशतले घटेको छ ।