२०८२ वैशाख १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसाताको पहिलाे दिन नेप्से २७ अंकले घट्यो

साताको पहिलाे दिन नेप्से २७ अंकले घट्यो


काठमाडाैं । आज नेप्से परसिूचक २७.५४ अंकले घटेर १८५५.०६ अंकमा पुगेर बन्द  भएको छ ।

आज सेयरबजार २५० वटा कम्पनीको ३७ लाख ७८ हजार कित्ता सेयर १ अर्ब १५ करोड ७१ लाख ५५ हजार बराबरमा किनबेच भयो ।

सेयर बजारमा आज सबै समूहको उपसूचक घटेकाे छ  । सबैभन्दा धेरै विकास बैंक समूह ६८.८७ र निर्जीवन बिमा समूह ६७.०८ अंकले घटेको छ । त्यस्तै, बैंकिङ समूह १९.५८, वित्त समूह ४३.९३, होटल तथा पर्यटन समूह २५.३५, जलविद्युत समूह ४०.५३ र जीवन बीमा समूह ४०.३६ अंकले घटेको छ । वित समूह ५६.२६, व्यापार समूह ४.७१, म्युचुअल फण्ड समूह ०.११ र अन्य समूह ३२.३० अंकले घटेको नेप्सेले जनाएको छ ।

आज सबैभन्दा धेरै इस्टर्न हाइड्रोपावरको शेयर २६.१० अंकले बढेको छ । रुरु जलविद्युत परियाेजना  र  पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार भएका शेयर सङ्ख्या र कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै कृषि विकास बैंकको ६ करोड २५ लाख ११ हजार ४ सय ३६ बराबरको २ लाख १ हजार ९ सय ३९ कित्ता शेयर किनबेच भयो ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ