आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१.९७ अंकले घटेर १८८५.३१ अंकमा कायम भएको छ ।
आज २ सय ५३ कम्पनीको ३५ लाख १२ हजार ८ सय ३४ कित्ता सेयर रु १ अर्ब १० करोड ३४ लाख ४ हजार बराबरको कारोबार भएको छ ।
आज सेयरबजारमा २५ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ८० कम्पनीको मूल्य घटेको छ ।
आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको उपसूचक ९८.४० अंकले र उत्पादन समूहको उपसूचक ८२ अंकले घटेको छ । त्यस्तै,बैंकिङ समूह ३०.८०, विकास बैंक समूह ४७.९१, वित्त समूह २०.९९ र होटल तथा पर्यटन समूह २७.६१ अंकले घटेको छ ।त्यस्तै जलविद्युत् समूह २६.६१, लगानी समूह ०.६९, जीवन बीमा समूह ७८.४४, लघुवित्त समूह ५५.३४, म्युचुलअ फन्ड समूह ०.१३ र अन्य समूह २१.०८ अंकले घटेको छ ।
आजको कारोबारमा सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै समता लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ९.९९ र मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको मूल्य ९.५० अंकले बढेको छ ।
त्यस्तै नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको रु १० करोड ९३ लाख ६७ हजार ९ सय २६ बराबरको २ लाख ३ हजार ६ सय २० कित्ता सेयर खरिद बिक्री भएको छ ।
—