२०८२ वैशाख १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारनेप्से परिसूचक घट्यो

नेप्से परिसूचक घट्यो


आज  नेप्से परिसूचक ४. ८७ अङ्कले घटेर १९३३.८८ मा कायम भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।

आज २ सय ३८ वटा कम्पनीको २५ लाख ८१ हजार ४ सय २५ कित्ता शेयर रु ९६ करोड ५२ लाख १० हजार ८ सय ९९ मा खरिदबिक्री भएको छ ।

यस हप्ताको कारोबारमा सुरुका दुई दिन आइतबार र सोमबार दैनिक रु डेढ अर्बभन्दा बढीको कारोबार भएको थियो । आजको कारोबारमा ७८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १०९ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

आज तीनवटा समूहका बाहेक सबै समूहका उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.६७, लघुवित्त समूह १२.४० र अन्य समूह ८.२८ अङ्कले बढेको छ । बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक ३५.०३ र निर्जीवन बीमा समूहको उपसूचक २७.०५ अकले घटेको छ ।

त्यस्तै, बैंकिङ समूह ५.३१, विकास बैंक समूह २३ .८६, वित्त समूह १.२२, होटल समूह ३.१३ र जलविद्युत् समूह ८.७७ अङ्कले घटेको छ । व्यापार समूह ६.९८ अङ्कले घट्दा म्युचूअल फन्ड ण.१० र लगानी समूह ०.५२ अङ्कले घटेको छ ।

आजको कारोबारमा सबैभन्दा धेरै धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ८.१७ प्रतिशतले बढेको छ भने एनएमबि बैंकको शेयर मूल्य प्रतिकित्ता ८.०७ प्रतिशतले घटेको छ ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट ८ करोड १२ लाख ३४ हजार बराबरको १ लाख ३९ हजार ५०३ कित्ता शेयर किनबेच भएको छ ।—


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ