२०८२ वैशाख २०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसानिमा क्यापिटलले कात्तिक १६ गतेदेखि सानिमा ग्राथ फन्ड निष्कासन गर्ने

सानिमा क्यापिटलले कात्तिक १६ गतेदेखि सानिमा ग्राथ फन्ड निष्कासन गर्ने


काठमाडौं-सानिमा क्यापिटलले कात्तिक १६ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गर्ने भएको छ । क्यापिटलले सानिमा ग्रोथ फन्डको कुल १२ करोड इकाई निष्कासन गर्न लागेको हो । जसमध्ये १ करोड ५६ लाख इकाई वा कुल बिक्री भएको इकाईको १३ प्रतिशत  विज पुँजीवापत कोष प्रवर्द्धक सानिमा बैंकलाई सुरक्षित गरिएको छ । त्यस्तै, २४ लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटललाई छुट्टाएको छ भने १ करोड ८० हजार इकाई बीज पुँजी छ ।

बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गर्न लागिएको योजना व्यवस्थापक सानिमा क्यापिटलले जनाएको छ । यसमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा कात्तिक ३० गतेसम्म खुला रहनेछ । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ