२०८२ वैशाख २०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसेयर बजारको ओरालो यात्रा जारी

सेयर बजारको ओरालो यात्रा जारी


काठमाडौँ — आज नेप्से परिसूचक आज २३.८३ अंकले ओरालो लागेर १८१५.१३  अंकमा झरेको  छ ।

आज सेयर बजारमा कूल २ सय २८ कम्पनीको ४० लाख १४ हजार ४ सय १९ कित्ता शेयर रु १ अर्ब ७ करोड २४ लाख ८० हजार ९७ मूल्यमा किनबेच भएको छ । बजारमा आज कारोबार भएका १३ वटै उपसमूह रातम्मे भएको छ ।

कारोबारको आधारमा आज लक्ष्मी बैंकको २६ करोड २ लाख ५७ हजार ५ सय १८ रूपैयाँकाे सेयर कारोबार भइ शीर्ष स्थानमा रहयो । यस्तै नबिल बैंक रु ४ करोड २९ लाख ७८ हजार ४ सय ५३, रिडी पावर कम्पनी ३ करोड ४९ लाख ८२ हजार, नेपाल पूर्वाधार बैंक रु २ करोड ५९ लाख ४० हजार २ सय ९३ र अरुण काबेली पावरको रु २ करोड २३ लाख २५ हजार ४ सय ७९ बराबरको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार अभियान लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । नबिल इक्विटी फण्ड २.९४, लक्ष्मी बैंक २.६६, एनआइबीएल प्रगति फण्ड २.५६ र जोशी हाइड्रोपावरका लगानीकर्ताले २ प्रतिशतले कमाएका छन् ।

यस्तै तेह्रथुम पावर ७.९० प्रतिशत, कुमारी धनवृद्धि योजना ७ प्रतिशत , सामुदायिक लघुवित्त ६ं६५ प्रतिशत, नेपाल पूर्वाधार बैंक ६.४१ प्रतिशत र बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले ५.७४ प्रतिशतले गुमाएका छन् ।

 

आइतबारको कारोबारपछि बजार पुँजीकरण रु २६ खर्ब आठ अर्ब तीन करोड ४६ लाख ९६ हजार आठ सय ६६ बराबर रहेको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ