२०८२ वैशाख २०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारएभरेष्ट बैंकको अग्राधिकार सेयरको सूचीकरण खारेज

एभरेष्ट बैंकको अग्राधिकार सेयरको सूचीकरण खारेज


काठमाडौं – एभरेष्ट बैंकको अग्राधिकार सेयरको सूचीकरण खारेज भएको छ । बिहीबारको अन्तिम कारोबारपछि एभरेष्टको अग्राधिकार सेयर सूचीकरण खारेज गरिएको नेप्सेले जानकारी गराएको छ ।

बैंकले हरेक तीन-तीन वर्षमा २० प्रतिशतका दरले अग्राधिकार सेयर साधारण सेयरमा परिणत गर्नुपर्ने प्रावधानअनुरूप पाँचौं तथा अन्तिमपटक बिहीबार परिणत गरेको हो ।

यससँगै एभरेष्टको ७५ लाभांशदर भएको २० लाख कित्ता अग्राधिकार सेयर बिहीबार पूर्णरूपमा सर्वसाधारण सेयरमा परिणत भएको छ । नेप्सेले बिहीबार निर्णय गर्दै अग्राधिकार सेयरको सूचीकरण खारेज गरेको हो ।

 


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ