२०८२ वैशाख १९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारप्रभु क्यापिटलको एजीएम आज

प्रभु क्यापिटलको एजीएम आज


काठमाडौं  -प्रभु क्यापिटलको १४ औं वार्षिक साधारणसभा शुक्रबार हुँदै छ । काठमाडौमा दिउँसो १२.३० बजेबाट सुरु हुने सभामा प्रभुले ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदै छ । कम्पनीले गत वर्षको नाफाबाट यो नगद लाभांश वितरण गर्न लागेको हो ।

 सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि पेस हुनेछ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ